गृहपृष्ठ बुर्तिबाङबाट बुटवल आउदै गरेको बस पाल्पामा दुर्घटना,६ जनाको मृत्यु ,अन्य घाइतेको उपचार हुँदै
बुर्तिबाङबाट बुटवल आउदै गरेको बस पाल्पामा दुर्घटना,६ जनाको मृत्यु ,अन्य घाइतेको उपचार हुँदै

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।
बागलुङको बुर्तिबाङदेखि बुटवलका लागि छुटेको लु १ ज ५९५२ नम्बरको बस आइतरबार साँझ पाल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
बस सडकदेखि ३०० मिटर तल खसेको उनको भनाई छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जनालाई उद्धार गरि पाल्पा पठाएको थापाले बताए।
मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेका छन्। उनीहरुको सनाखत भने हुन सकेको छैन।
चालकको समेत खुट्टा भाँचिएको डिएपी थापाको भनाई छ। घाइते १७ जनाकै परिचय नखुलेको प्रहरीले जनाएको छ।