२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ बेलायतको शरण दिने प्रस्ताव युक्रेनी रास्ट्रपति द्वारा अस्वीकार

बेलायतको शरण दिने प्रस्ताव युक्रेनी रास्ट्रपति द्वारा अस्वीकार

बेलायतले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव गरेको छ।

प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसी आक्रमणबीच युक्रेनी राष्ट्रपति र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका हुन्।

यद्यपि जेलेन्स्कीले भने उक्त प्रस्ताव अस्वीकार गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार उनको जेलेन्स्कीसँग नियमित कुराकानी भइरहेको छ।

जोनसनले जेलेन्स्कीलाई ‘अत्यन्त आकर्षक व्यक्तित्व र प्रेरणाको स्रोत पनि साबित भएको।’ बताएका छन्। जोनसनका अनुसार कुराकानीका क्रममा जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु