गृहपृष्ठ बेल्जियमका लागि नेपाली राजदूत राजभण्डारीद्वारा ओहदाको प्रमाणपत्र पेश
बेल्जियमका लागि नेपाली राजदूत राजभण्डारीद्वारा ओहदाको प्रमाणपत्र पेश

बेल्जियम अधिराज्यका राजा फिलिपसमक्ष बेल्जियम, बेनेलक्स र यूरोपियन यूनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले आफ्नो ओहदाको प्रमाण–पत्र पेश गरेका छन्।
नेपाली दूताबास ब्रसेल्सका अनुसार हिजो राजधानी ब्रसेल्सस्थित राजदरबारमा आयोजित विशेष समारोहको बीचमा राजदूत राजभण्डारीले राजा फिलिपसमक्ष ओहदाको प्रमाण–पत्र पेश गरेका हुन्।
सो अवसरमा राजा फिलिपले राजदूत राजभण्डारीलाई उनको नियुक्तिमा बधाई र सफल कार्यकालको लागि शुभकामना दिए। त्यस्तै, राजदूत राजभण्डारीले नेपालका राष्ट्रपति बिद्यादेबी भण्डारीको शुभकामना सन्देश सुनाएका थिए।
नेपालका राष्ट्रपति भण्डारीले राजा फिलिपसमक्ष नेपाल र बेल्जियमबीच द्वीपक्षीय सम्बन्ध र आर्थिक सहकार्यको अवस्थाप्रति खुशी व्यक्त गर्दै आफ्नो कार्यकालमा विद्यमान सम्बन्धहरुलाई अझ उचाइमा पु-याउन आफूले सक्दो प्रयास गरिरहने बताइन्।
सन् १९९२ मा ब्रसेल्समा नेपालको आवासीय दूतावास स्थापना गरेपछि बेल्जियम अधिराज्यमा नेपालबाट सातौं राजदूतको रूपमा गेहेन्द्र राजभण्डारी भर्खरै नियुक्त भएका छन्।