२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ बेल्जियमको लुभेन शहरमा नेपाली मेला सम्पन्न

बेल्जियमको लुभेन शहरमा नेपाली मेला सम्पन्न

नेपाली उत्पादन, कला–संस्कृति र पर्यटनको प्रवद्र्धन, नेपाली मौलिक खानाको प्रचारप्रचार गर्ने उदेश्यले बेल्जियमको लुभेन शहरमा शनिवार एक दिने नेपाली मेला सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनमा हरेक वर्ष आयोजना भएको मेलामा नेपाली दूतावास बेल्जियम (ब्रसेल्स), स्थानीय लुभेन नगरपालिका र आएआइएफ लगायत नेपाली संघसंस्थाको सहकार्य रहेको छ।

नेपाल प्रमोसन’अन्तर्गत नेपालको पर्यटन प्रवद्र्धन गर्नेसमेत उद्देश्य रहेको आयोजक एनआरएनए बेल्जिमयले जनाएको छ ।

मेलामा नेपाली झाँकी, लाखे नाच, भेषभुषा खाना लगायतका स्टलहरु प्रर्दशनीमा राखिएका छन्।

मेला शुरु हुनु अघि नेपाली मन्चेबाजा ,किरात राईको साकेला सिलीले शहरको मध्यभागमा गुन्जिदा बेल्जियवासीहरुले मनोरन्जन लिएका थिए नभने मिनी नेपालले शहरलाई परिचित गरायो।

कार्यक्रममा गैरआवासीय नेपाली संघका (एनआरएनए)का उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघ विश्वकै यूनिक संस्था भएको बताएका छन्।

डा. शर्माले गैरआवासीय नेपाली संघ बेल्जियमद्धारा लुभेन शहरमा आयोजित नेपाली मेलालाई सम्बोधन गर्र्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघ विश्वै एक यूनिक संस्था रहेको चर्चा गर्दै संघको आयोजनामा भएको नेपाली मेला निकै आर्कषक र नेपाल झल्किने रहेको बताए।

शर्माले विदेशी शहरमा आयोजना हुने यस्ता मेलाले नेपालको पर्यटन प्रर्वधन तथा विदेशमा जन्मिएर हुर्किदै गरेको दोस्रो पुस्तालाई नेपाली चिनाउने महत्वपूर्ण भूमिका हुने बताए। उनले नेपालको भाषा र संस्कृतिलाई विश्वभर चिनाउन सबै पक्षसंग मिलेर काम गर्न आब्हान गरे।

नेपाली उत्पादन, कला–संस्कृति र पर्यटनको प्रवद्र्धन, नेपाली मौलिक खानाको प्रचारप्रचार गर्ने उदेश्यले बेल्जियमको लुभेन शहरमा शनिवार एक दिने नेपाली मेला शुरु भएको छ।

प्रमुखअतिथिको रुपमा मेलालाई सम्बोधन गर्दै लुभेन नगरपालिकाका मेयर महमद रिडवानीले नेपाली समुदायले लुभेन शहरमा खेलेको भूमिका प्रशंसा गरे।

उनले नेपालमा गएको महाभूकम्पको बेला लुभेनबासीले गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा नेपाल र नेपाली समुदायको हितमा मिलेर काम गर्ने प्रतिबद्धता जनाए।

उद्धघाटन कार्यक्रममा बोल्दै बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले नेपाली कला र संस्कृतिलाई विदेशी भूमिमा चिनाउन सकृय एनआरएनए बेल्जियमलाई धन्यवाद दिदै मेलाको सफलताको लागि शुभकामना दिए।

गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनमा हरेक वर्ष आयोजना भएको मेलामा नेपाली दूतावास बेल्जियम (ब्रसेल्स), स्थानीय लुभेन नगरपालिका र आएआइएफ लगायत नेपाली संघसंस्थाको सहकार्य रहेको छ।

नेपाल प्रमोसन’अन्तर्गत नेपालको पर्यटन प्रवद्र्धन गर्नेसमेत उद्देश्य रहेको आयोजक एनआरएनए बेल्जिमयले जनाएको छ।

मेलामा नेपाली झाँकी, लाखे नाच, किरात राई साकेला नृत्य प्रस्तुत गरिएको कार्यक्रममा भेषभुषा र खाना लगायतका स्टलहरु प्रर्दशनीमा राखिएका छन्। मेला शुरु हुनु अघि नेपाली मन्चेबाजा शहरको मध्यभागमा गुन्जिदा बेल्जियवासीहरुले मनोरन्जन लिएका थिए।

ग्रोट मार्केटबाट बाजागाजासहित निस्केको झाकीमा साँग्रीला समाज, नेपाली भाषा कक्षा, युरो नेपाल कलाकार संघ, पासा पुँच,म्याग्दी प्रवासी संघ (मोना) ,किरात राई सोसाईटी बेल्जियमको साकेला स्ट्रिट डान्स लगायतका संघसंस्थाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ अभियानका प्रवर्तक धीरज राईको विशेष प्रस्तुति रहेको थियो। प्रस्तुतिकै क्रममा गायक राईले बुद्ध नेपालमै जन्मेको भएता पनि उनको जन्मलाई लिएर अनेकौँ भ्रमहरू सृजना गरिएकोमा सो चिर्न आफुले यो अभियान संसारभरी चलाएको बताए।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले स्वागत मन्तव्य दिएको मेला भर्न करिब ५ हजार भन्दा बढी नेपाली तथा विदेशीहरु सहभागी भएको बताऊनु भयो।

नेपाल महोत्सवमा युरोपियन युनियन, भारत, बंगलादेश, चीन, बुल्गेरीया, हंगेरी, काजकिस्तान, माल्दिप्स र श्रीलंकाका राजदुतहरू तथा लुभेन नगरपालिकाका विभिन्न शाखा हेर्ने उपमेयरहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु