२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ बेल्जियममा नेपाल फेष्टिवल आगामी अप्रिल १५ मा हुने

बेल्जियममा नेपाल फेष्टिवल आगामी अप्रिल १५ मा हुने

गैरआवासीय नेपाली संघ बेल्जियमको सयोजनमा नेपाली दुताबास ब्रसेल्स र लुभेन महानगरपालिका मिलेर ‘नेपाल फेष्टिवल २०२३’ आयोजना गर्ने भएको छ।


नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर सदा झैँ बेनेलक्स ,बेल्जियम र सिंगो युरोपमा नेपाली कला, संस्कृति, मौलिक खाना, पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको प्रचारप्रसार गर्ने उदेश्यले फेष्टिवल आयोजना गर्न लागिएको हो।


युरोपको मुटु मानिने शैक्षिक नगरी लुभेन शहरमा आगामी बैशाख २ गते शनिबार तद्अनुसार अप्रिल १५ मा आयोजना हुने गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले बताउनु भयो।


संघको स्थापना कालदेखि नै नेपाल फेष्टिवल आयोजना गर्ने गरेको जानकारी दिँदै यो पटक १४औँ फेष्टिवलको रुपमा आयोजना गर्न लागिएको अध्यक्ष केसीले उल्लेख गर्नु भयो।


अध्यक्ष केसीका अनुसार फेष्टिवल लुभेन शहरको मुख्य ट्रेन स्टेशन अगाडि मेतेरप्लेनमा आयोजना हुने जसमा नेपाली ब्रसेल्स दुताबासको स्टल ,नेपाली मौलिक नेपाली हस्तकला ,खानाका परिकार , पर्यटन सूचना केन्द्र, लगायत अन्य बस्तुहरूको गरी एकदर्जन भन्दा बढी स्टलहरू रहने छन्।


नेपाल फेष्टिवललाई भब्यरूपमा सपन्न गर्न बेल्जियमस्थित प्रायः सबै नेपाली संघसंस्थाका प्रमुखलाई मुल आयोजक समिति सदस्य बनाइएका छन्।

मुल आयोजक समितिमा संघका पूर्व अध्यक्षहरू, बेल्जियमस्थित संघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु साथै नेपाल पत्रकार महासंघ युरोप ,नेपाल पत्रकार महासंघ बेल्जियमलाई समेत पदेन मुल आयोजक समितिक सदस्यमा बनाएर काम गरिएकोछ।

बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली दूतावास ब्रसेल्स , लुभेन महानगरपालिका, एक्टिभ इन्टरकल्चरल फेडेरेशन (एआईएफ) र मुण्डमुभ्स प्रमुख प्रायोजकहरू रहेका छन्।


‘नेपाल फेष्टिवल व्यवस्थापन समिति’ भने संघका उपाध्यक्ष तीर्थ धमलाको सयोजकत्वमा गठन गरिएको छ ।
क) मुल आयोजक समिति:
संयोजक: खड्क बहादुर केसी
सदस्यहरु:
-संस्थापक अध्यक्ष,
-NRNA बेल्जियम का सम्पूर्ण पूर्व अध्यक्षहरू
-एन आर एन केन्द्रीय पदाधिकारी तथा सदस्यहरू
-बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ सस्थाका अध्यक्षहरू
यसोदा थापा
झलक के सी
ओम शर्मा
केजिन राई
सनत आचार्य

ख) ब्यावस्थापन समिति
संयोजक: तिर्थ राज धमला
सदस्यहरु:
लोकेन्द्र नेपाल
राजेश केसी
दिपक राउत
मदन दवाडी
रुविना शर्मा
काशी दनै
चिरण कुमार खवास
महिन्दो वाईवा
सुमित पौडेल रहनु भएको छ।
फेष्टिवलमा ब्यापक सहभागिताको निम्ति नेपाली तथा बिदेशी संघसंस्थाहरुलाई पत्राचार गरि सकिएको र बेनेलक्स स्थित नेपालीहरूको होटल ,रेष्टुरेण्ट तथा अन्य ब्यबशायीहरूकोमा प्रचार सामग्री राख्ने र वितरण गर्दै रहेको संयोजक तिर्थ धमलाले बताउनु भयो।


नेपाल फेष्टिवलमा नेपाल पत्रकार महासंघ युरोप ,घटना र बिचार र नेपाल पत्रकार महासंघ बेल्जियमलाई मिडिया पार्टनरका रूपमा रहेका छन्।


बिहान ११ बजेदेखि प्रारम्भ हुने कार्यक्रममा विभिन्न नेपाली आदिबासी जनजाति लगायत नेपाली पहिरनसहित परम्परागत झाँकी, नृत्य प्रस्तुत गर्दै औडी मार्केट-दिन्समार्ग हुँदै एक घन्टामा कार्यक्रमस्थल जानेछ।


दिनको एक बजे फेष्टिवलको समुद्घाटन र अथितिहरुको स्वागत गरिनेछ भने कार्यक्रमलाई रोचक र प्रभावकारी बनाउन वरिष्ठ पप गायक धिरज राई र स्थानीय कलाकारहरू लाहुरे कान्छा, नारायण धिताललगायतले प्रस्तुति दिनेछन।

युरोनेपाल कलाकार संघ ऐना बेल्जियम , इनास बेल्जियम स्थानीय ‘बज्र व्याण्ड’ले लगायत ५ दर्जन बढी नेपाली स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति पस्कने छन्।

साथै आउने जाने हवाई टिकट र र ५ डे प्याकेज टुर लक्की उपहारको रूपमा दुईजना विदेशीलाई साथै कार्यक्रममा बिबिध रोचक प्रस्तुतिहरू समेत रहने व्यवस्थापन समितिका संयोजक तीर्थ धमलाले जानकारी दिनुभयो।


नेपाल फेष्टिवल २०२३ बिहान ११ बजे देखि राति १० बजेसम्म संचालन हुनेछ भने अवलोकनका निम्ति बेल्जियमकी राजकुमारी, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उप–प्रधानमन्त्री तथा मन्त्रीहरू ,बेनेलक्सका केही नगरपालिकाका मेयरहरू, युरोपियन युनियनका पदाधिकारी, दर्जनौ देशका राजदूतहरू ,दक्षिण एसियाका कुटनैतिक नियोगका प्रमुखहरू लगायत संघका केन्द्रीय पदाधिकारीहरूलाई महोत्सवमा आमन्त्रण गरिएको अध्यक्ष केसी र सयोजक धमलाले सयुक्त रूपमा बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु