गृहपृष्ठ बेल्जियममा मनाईयो जनयुद्द दिवस
बेल्जियममा मनाईयो जनयुद्द दिवस

दिल निशानी ,बेल्जियम : बेल्जियमको लुभेन शहरमा रहेका माओवादी समर्थित नेपालीहरुले स्वतस्फुर्त रुपमा २८ औं जनयुद्द दिवस मनाएका छन्।
हसियां हठौडा अंकित दिपमा प्रज्वोलन गरेर, एकआपसमा बधाई तथा शुभकामना साटासाट गरेर उनिहरुले माओवादी जनयुद्दको संमरण गरेका छन्।
दिपप्रज्वोलनमा सहभागी आदिवासी जनजाती महसंघ बेल्जियमका अध्यक्ष विरमान घर्ती मगरले जनयुद्द दिवस लाई उत्पिडित वर्ग समुदायले आफ्नो हक अधिकार र न्यायको निम्ती संघर्ष गरेको दिनका रुपमा संमरण गरे।
तमु राष्ट्रिय मुक्ती मोर्चा युरोपका संयोजक मनिष गुरुगंले माओवादी आन्दोलन न्यायको निम्ती भएपनि पार्टी र संगठन तितर बितर हुन जादा प्रतिकृयाबादी शक्ति लाई फाईदा पुगेको बताए।
दिप प्रज्वोलन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ युरोप शाखाका कावा अध्यक्ष केजिन राईले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारहरुको सदैव साथ सहयोग रहदै आएको बताए। जनयुद्द दिवसको अवसरमा सरकारी बिदा दिएर प्रचण्डले अर्को युद्द जितेको उनको तर्क छ।
प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य समेत रहेका राईले भने संघीयता,गणतन्त्र,धर्म निरपेक्षता र समावेशी राज्यप्रणालीको प्रमुख जग जनयुद्ध हो,जनयुद्ध बिना बर्तमान नेपालको यी ऊपलब्धी सम्भब थिएन ,भलै सर्ब स्वीकार्य नहोला तर सबैले मान्न र जनयुद्ध दिवस मनाऊनु नेपालीले बर्तमान सम्बिधान र गणतन्त्रलाई सम्मान गर्नु हो।
नेपाल जन प्रगतिशिल मंच बेल्जियमका महासचिव कल्पना मगरले जनयुद्द दिवसको संमरण गर्दै आफुहरु जहा जस्तो अवस्थामा रहेपनि जनयुद्द दिवसको संमरण गर्न नछाड्ने बताईन्। “यो कार्यक्रम पुर्वनिर्धारित हैन तर हामी आफ्नै ईच्छाले जो जती उपस्थित छौ, यो नै जनयुद्द प्रतिको सच्चा सम्मान हो” उनले बताईन्।
माओवादीका पुराना अग्रज कार्यकर्ता मिन्ड गुरुंगले पार्टीले आधारभुत जनताको तहबाट काम गर्नुपर्ने धारणा व्यक्त गरे। “अहिले युवाहरुमा नयां राजनितिक जागरण आएको छ। सबैलाई समेटेर जैलान सक्नुपर्छ” उनले भने।
प्रेस सेन्टर नेरालका केन्द्रीय सदस्य तथा ल्खक तथा स्तंम्भकार दिल निशानीले फाल्गुण ७को प्रजातन्त्र दिवस र जनयुद्ध दिवसको सान्दर्भिकता एऊटै रहेके बताए।
दिप प्रज्वोलन कार्यक्रममा उपस्थित साहित्यकार लेखक महासंघ युरोप संयोजक ईन्दिरा चाम्लिग, तमुधी बेल्जियमका उपाध्यक्ष संगिता गुरुगं लगायतले जनयुद्द दिवसको शुभकामना व्यक्त गरेका थिए।
शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि यसपाली पार्टी अध्यक्ष पुष्प कमस दाहाल प्रचण्ड नेतृत्वको सरकारले पहिलो पटक जनयुद्द दिवस मनाउन सार्वजानिक बिदा दिएपछी प्रवासमा रहेका माओवादीहरु हौसिएका हुन्।
आफुहरु प्रवासमा बसेपनी नेपालमा प्रगितशिल संविधान जारी गर्न र संधिय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्नका लागी माओवादीको अतुलनिय योगदान गरेको उनिहरुको भनाई छ।
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरुवात गरेको दिनलाई जनयुद्द दिवसका रुपमा मनाउदै आईरहेको छ।