गृहपृष्ठ बेल्जियममा २५ सय ६५ औं बुद्ध जयन्ती मनाइयो
बेल्जियममा २५ सय ६५ औं बुद्ध जयन्ती मनाइयो

विश्व मानव जगतमा शान्तिको कामना गर्दै Covid 19 को महामारीबाट मानव जगतलाई मुक्ति दिलाउन लामा गुरुबाट पुजापाठ गरि आदिवासी जनजाती महासंघ बेल्जियमले बेल्जियममा स्थापित जातीय समाजहरुलाई समन्वय गर्दै २६ मेमा बेल्जियमको HUY स्थित बुद्ध गुम्बामा उपस्थित भएर बुद्ध जयन्ती मनाएको छ।
COVID 19 का कारण बेल्जियम सरकारद्वारा जारी नियमलाई सम्मान गर्दै जातीय समाजका अध्यक्ष एवं प्रतिनिधिहरु मात्रै सहभागी गराई आयोजना गरिएको थियो।
कार्यक्रममा बेल्जियममा लामो समय देखि बस्दै आउनु भएका रबिन्द्र गुरुङ्को नेपाल जाने क्रममा नेपालमै मृत्यु भएको हुदा स्वर्गीय गुरुङ्ग प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
यसैगरी बेल्जियमको अन्त्रोपेन शहरमा बस्नु हुने जाङ्मबु शेर्पाको बुबा आङ् ठिले शेर्पाको असामयिक निधन भएकोमा शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गरिएको थियो भने आर्स्कोट निवासी साईला लामाको आमा ८९ बर्षीय आमा छेसोङ्ग डोल्मा लामाको २ मे २०२१ का दिन नेपालमा मृत्यु भएकोमा उहाँको स्वर्गीय आत्माको चिर शान्तिको कामना गरिएको थियो।
कार्यक्रममा सहभागी सम्पुर्णलाई खान/पिनको प्रायोजन स्वर्गीय आङ्ग ठिले शेर्पाको छोरा श्री जाङ्मबु शेर्पाले गर्नु भएको थियो। साथै गुम्बामा ध्वजा प्रायोजक गर्नु भएका तमु पुल हाऊसकि सन्चालिका श्रीमती आई छिरीङ् शेर्पालाई हार्दिक धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको थियो।
यसै बीच गुम्बामै जनजाती महासंघ आवद्ध जातिय समाजहरुको बैठक बसि नेपालमा अहिलेको अवस्थामा के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो।
उक्त छलफलमा आदिवासी जनजाती महासंघ बेल्जियम मार्फत ६ थान oxygen concentrator दिने निर्णय गरिएको कुरा महासचिव नन्दराज घलेले बताउनु भयो।
कार्यक्रममा शेर्पा किदुक यूरोपका नि.अध्यक्ष फुला शेर्पा, तमु समाज बेल्जियम अध्यक्ष नन्दकुमारी (दुर्गा दिदी ) गुरुङ, तामाङ समाजका संरक्षक अनिता लामा, संयुक्त किरात समाजका बिमल सुब्बा , पासा पुच: बेल्जियमका अध्यक्ष चिज कुमार श्रेष्ठ लगायत बुद्धभक्तजनहरूको सहभागिता रहेको थियो।