गृहपृष्ठ सर्वदलीय बैठक सम्पन्न,प्रधानमन्त्रीद्वारा कोरोनाबिरुद्ध एकजुट हुन दलहरूलाई आग्रह
सर्वदलीय बैठक सम्पन्न,प्रधानमन्त्रीद्वारा कोरोनाबिरुद्ध एकजुट हुन दलहरूलाई आग्रह

सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकजुट बनेर कोरोना महामारीविरुद्ध लड्न सबैलाई आह्वान गरेका छन्।
बालुवाटारमा शुरू भएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठकमा उनले कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने अवस्था आएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटलाई निकाय दिनु आवश्यक रहेको भन्दै सबै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा ओलीले यस्तो बताएका हुन्। उनले राजनीतिक संकटका कारण कोरोना नियन्त्रण लगायतका काममा बाधा परिरहेको समेत जिकिर गरे।
प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि बैठकमा सहभागी नेताहरूसँग सुझाव समेत मागेका थिए।