२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ बैतडीकी भागरथी हत्या प्रकरणमा प्रहरीलाई सफलता,हत्या आरोपमा एक जना युवा पक्राउ

बैतडीकी भागरथी हत्या प्रकरणमा प्रहरीलाई सफलता,हत्या आरोपमा एक जना युवा पक्राउ

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

पक्राउ पर्ने व्यक्ति सनातन माविमै अध्ययनरत विद्यार्थी हुन्। भागरथीका छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गरिने प्रहरीले बताएको छ। प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन्।

जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गर्ने बताए। ‘हामीले सफलता हात पारेका छौं। प्रहरीका केही टोली जिल्ला फर्के। म खोचलेकबाट फर्कने तयारीमा छु। केही समयपछि आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘आधिकारिक पुष्टि गरेपछि सबै कुरा खुल्छ ’

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो। वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन्। त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु