२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ बैतडीमा आफ्नै ३ महिने छोराको हत्या गर्ने बुबा पक्राउ

बैतडीमा आफ्नै ३ महिने छोराको हत्या गर्ने बुबा पक्राउ

बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ। ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण चन्द रहेका छन्। लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुरले हत्या गरेका हुन्।

राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो। ‘‘सुतिरहेका छोराको टाउकोमा हानेछन्’’, उहाँले भन्नुभयो।

यस्तै राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुबा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन्। लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुबा र भाइमाथि पनि आक्रमण गरेका हुन्।अहिले प्रहरी हिरासतमा रहेका राजबहादुर थप अनुसन्धान भैरहेको जील्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु