२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ बौद्धिक चोरी गरेकोले खोलेकै दिन खारेज भयो ‘गैरआवासीय नेपाली पत्रकार महासंघ’

बौद्धिक चोरी गरेकोले खोलेकै दिन खारेज भयो ‘गैरआवासीय नेपाली पत्रकार महासंघ’

पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले भन्दै शुक्रवार घोषणा भएको गैरआवासीय नेपाली पत्रकार महासंघ खोलेकै दिन खारेज भएको छ।

सन् २०१९ देखि सकृयता र पहलमा चलाइएको विश्वव्यापी अभियान चलाएर सो महासंघ गठन गरेका सक्रिय पत्रकार राजकुमार थापाले आफ्नो संस्थाको नाम र अवधारणा चोरिएको भन्दै बौद्धिक चोरी गर्नेहरुको महासंघलाई खारेज गरिदिएका छन्।

थापाले एक विज्ञप्ति जारी गर्दै सियो चोरे पनि चोर, दरबार चोरे पनि चोर भन्ने यर्थातलाई मध्ये नजर राख्दै संस्थाको नाम र अवधारण चोर्ने प्रयासप्रति खेद प्रकट गरेका छन्।

विज्ञप्तिमा भनिएको छ “अझ संस्थाको नेतृत्वमा भगिरथ योगीको नाम आउनु झन् दुर्भाग्यपूर्ण कुरा हो। अर्काले चलाएको अभियान, गरेको मेहनत, बनाएको अवधारणा र राखेको नाम चोरेर कुनै संस्था गठन गर्ने प्रयास भए त्यो बौद्धिक चोरी, दीवालियापन र नैतिकहीन कार्य हो भनिएको छ।”

विज्ञप्तिको पूर्णपाठ
गैरआवासीय नेपाली पत्रकार महासंघको नाम र अवधारणा चोर्ने दुष्प्रयास,भ्रममा नपरौं।

पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले भन्दै शुक्रबार सार्वजनिक गरिएको गैरआवासीय नेपाली पत्रकार महासंघको गठन भएको भन्नेबारेको भ्रमपूर्ण समाचार बारे गम्भिर ध्यानार्कषण भएको छ।

भर्चुअल माध्यमबाट बुधबार बसेको भनिएको पत्रकारहरुको उक्त कथित भेलाले महासंघ गठन गर्ने निर्णय गरेको दुष्प्रचार भ्रामक भएको प्रष्ट पार्न चाहन्छु।

विगत साढे दुई बर्ष ९५ फेब्रोवरी २०१९० देखि मेरो सकृयता र पहलमा चलाइएको विश्वव्यापी अभियान र गठनका लागि विभिन्न चरण पार गरिसकेको गैरआवासीय नेपाली पत्रकार महासंघको नाममा स्वघोषित बरिष्ठ पत्रकार पगरी गुथ्ने केही व्यक्तिहरुको नाममा संस्था गठन भएको भनि संचारमाध्यममा आएको समाचार पूर्णरुपमा काल्पनिक र झूटो रहेको प्रष्ट पार्न चाहन्छु।

अझ संस्थाको नेतृत्वमा भगिरथ योगीको नाम आउनु झन् दुर्भाग्यपूर्ण कुरा हो। अर्काले चलाएको अभियान, गरेको मेहनत, बनाएको अवधारणा र राखेको नाम चोरेर कुनै संस्था गठन गर्ने प्रयास भए त्यो बौद्धिक चोरी, दीवालियापन र नैतिकहीन कार्य हो।

कसैलाई यस्तै संस्था गठन गर्न रहर लागेको भए कमसेकम आफैं नाम जुराउने र अवधारणा बनाउने हिम्मत हुनुपथ्र्यो। अर्काको परिश्रममा कुदृष्टि लगाउन हुँदैनथ्यो।

विश्वभर छरिएका नेपाली पत्रकारहरुलाई संगठित गर्ने उदेश्यले संस्था गठन गर्ने र सो संस्थाको त्यसलाई अन्तर्राष्ट्रिय रूपमा संचालन गर्ने भन्ने बारेमा पहिला नै छलफल भएको बेला अचानक केही महत्वाकांक्षी र पदलाई नै सर्वस्व ठान्ने व्यक्तिहरुको नेतृत्वमा समिति सर्वजनिक गर्नु निन्दनिय काम त हो नै त्यसबाट मित्रघातीहरुको अनुहारको मुखुण्डो पनि उत्रिएको छ।

नेपाली भनाई अनुसार सियो चोरे पनि चोर, दरबार चोरे पनि चोर भन्ने यर्थातलाई मध्ये नजर राख्दै संस्थाको नाम र अवधारण चोर्ने प्रयासप्रति खेद प्रकट गर्दछु।

गैरआवासीय नेपाली पत्रकार महासंघको स्थापनको लागि यसअघिनै दर्ता प्रकृया, विधि, विधान समेत तयार भइसकेको बारम्बार जानकारी गराउँदै आएका छौं।

गैरआवासीय नेपाली पत्रकार महासंघ गठनको लागि अहिले घोषित तथाकथित समितिमा रहेका केही व्यक्तिहरुसंग पनि पटक पटक छलफल भएको तर त्यसैलाई आधार बनाएर संस्थापकहरुलाई झुक्याएर गरिएको घोषणा न्यूनतम कपिराईट अधिकार सम्बन्धी ऐन विपरित हो।

दुनियाँलाई सुसूचित गर्ने पत्रकारहरु नै अर्काको अवधारणा र नाम चोर्ने प्रयास गर्नु अझ लाजमर्दो विषय हो।

त्यसैले मेरो अगुवाइमा संस्थापित संस्थाको नाम र अवधारणा अरुको हुन नसक्ने जानकारी गराउँदै यदि कसले त्यस्तो कार्य गर्ने दुष्प्रयास गरेको भए यसै विज्ञप्ति मार्फत त्यस्ता सबै हर्कत खारेज भएको जानकारी गराउँदछु।

राज कुमार थापा
संस्थापक, अभियानकर्ता तथा पहलकर्ता
गैरआवासीय नेपाली पत्रकार महासंघ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु