२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ भदौ २७ देखि पाठेघरमा हुने क्यान्सर विरुद्धको खोप लगाइने

भदौ २७ देखि पाठेघरमा हुने क्यान्सर विरुद्धको खोप लगाइने

आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ।

स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न २० हजार डोज एचपिभि खोप लगाउन लागेको जानकारी दिएको हो।

विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले हाल उपलब्ध भएको एचपिभि खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताए।

उनले एचपिभि खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने बताए।

यो खोप यौन सम्पर्क हुने उमेर भन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ। १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रियस्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु