Covid-19
City Express

भनाईको तरीका गलत भएकोमा नायिका बर्षाले मागिन माफी

अभिनेत्री वर्षा राउत यतिखेर ट्रोलको सिकार भएकी छिन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा सीमा विवादबारे उनले दिएको अभिव्यक्तिका कारण उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

अन्तवार्तामा उनले भनेकी थिइन्, ‘दुई देशको झगडामा मेरो भारतीय साथीहरुसँग म कसरी फेस गर्ने ?’
यही अभिव्यक्तिका कारण अहिले वर्षा तनावमा पनि छन् । उनले आफूले कहिल्यै पनि देशविरुद्धमा बोल्न नखोजेको बताएकी छिन् । ‘मेरो भनाई त क्लियर नै छजस्तो लाग्छ । मैले नेपालविरुद्ध केही पनि बोलेको छैन । न हिजो बोलेको थिएँ न आज बोल्छु न भोली,’ कान्तिपुरसँग वर्षाले भनिन्, ‘दुई देश मिलेर राम्रोसँग वार्तालाप गरेर अगाडि जानुपर्छ भनेको थिएँ । मनिषा कोइरालाले पनि त्यही भन्नुभएको थियो।’

सामाजिक सञ्जालमा खिचातानी गर्नुको सट्टा वार्तालाप गरेर नै अघि बढ्नुपर्ने विचार राख्दा यसरी आलोचना होला भनेर आफूले नसोचेको पनि उनले बताइन् । ‘साथीहरुसँग फेस गर्ने कुरामा मैले नेपाल र भारतको मित्रता त धेरै वर्ष अगाडिदेखिको हो । हाम्रा प्रमाण बलियो छ भनेपछि त झगडा गरेर दुई देशको मित्रतालाई असर पार्न भएन भन्न खोजेको हो,’ उनले भनिन्, ‘सायद जिब्रो चिप्लियो होला । मैले भन्नमा गल्ती गरें होला । मैले जे भन्न खोजेको थिएँ त्यो चाहिँ दर्शकहरुले बुझ्नु भएन।’

उनले दुई देशका पत्रकारका विषयमा पनि बोलेकी थिइन्। ‘मिडियाको सवालमा चाहिँ मैले सबै मिडियालाई भन्न खोजेको होइन। सिनियर पत्रकारहरुले प्रमाणसहित समाचार लेख्नु भएको छ। तर, कति युट्युबरले चाहिँ नचाहिने हेडलाइन राखेर नराम्रो असर पारिरहेको छ नि,’ उनले भनिन्।

आफूले कहिल्यै देशको अहित नचिताउने र सामाजिक सञ्जालका ट्रोलले आफूलाई केही फरक नपार्ने उनी बताउँछिन्।

श्रोत:कान्तिपुर दैनिक

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु