२०७९ असार १७ गते शुक्रवार | July 01, 2022

Bharat Poudel

गृहपृष्ठ भरतपुरमा विजय र रेणुबीच कडा टक्कर,काठमाडौंमा बालेन उदाए

भरतपुरमा विजय र रेणुबीच कडा टक्कर,काठमाडौंमा बालेन उदाए

नेपालमा स्थानीय चुनाव पछाडी परीणाम आउनेक्रम जारी छ।चुनावको नतिजा कतिपयठाउँमा अपेक्षाकृत भन्दा बाहिर आएको छ।कतिपय स्थानमा बुढापाकालाई भन्दा युवाहरूलाई रुचाईएको छ।

चुनावी परीणाम हेर्दा पुरानै पार्टीको वर्चस्व देखिन्छ।भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेका बिजय सुबेदीबीच कडा टक्कर देखिएको छ।उनीहरुबीचको तिब्र प्रतिस्पर्धाले भरतपुरमा कसले बाजि मार्ने हो,त्यो आँकलन गर्न कठिन छ।

नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड पुत्री उम्मेदवार भएका कारण पनि सबैको केन्द्र भरतपुर देखिन्छ।यो समाचार तयार पार्दा सम्म एमाले उम्मेदवार विजयी सुवेदीले ४ हजार ७ सय २७ मत ल्याएर अग्रता बनाइरहेका छन् भने रेणु दाहालले ४ हजार ६ सय ६९ मत ल्याएर पछ्याइरहेकी छन्।

अर्को चासोको केन्द्र काठमाडौंमा युवा बालेन शाहले सबैलाई चकित तुल्याएका छन्।नेकपा एमालेका उम्मेदवार केशव स्थापीत र काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई निकै पछि पार्दै उनले लिड गरिरहेका छन्।३ हजार मत मतान्तरका साथ बालेन अगाडी छन्।यो समाचार तयार पार्दा सम बजेसम्म बालेन शाहले ७ हजार ८९ मत प्राप्त गरिसकेका छन्।

यस्तै एमालेका स्थापितले ३ हजार ६४६ मत प्राप्त गरेका छन्।तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३ हजार ३०० मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु