गृहपृष्ठ भरतपुर महानगरमा रेनुको अग्रता बढ्यो
भरतपुर महानगरमा रेनुको अग्रता बढ्यो

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२ हजार ७५० गणना हुँदा अग्रता थप बढाएकी छन्।
उनले १६ हजार ४८३ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १३ हजार १९२ मतका साथ पछिपछि रहेका छन्। यी दुई उम्मेदवारबीचको मतान्तर ३ हजार २९१ रहेको छ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ८०७ मत पाएका छन्। उपमेयरमा चित्रसेन अधिकारीले १९ हजार ६२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १० हजार ६०१ मत पाएकी छन्। अहिले वडा नम्बर ९ को गणना भइरहेको छ।