गृहपृष्ठ भरतप्रकाश घर्ती मगरले दिए एनआरएनए पोर्चुगलको महासचिवमा उम्मेदवारी
भरतप्रकाश घर्ती मगरले दिए एनआरएनए पोर्चुगलको महासचिवमा उम्मेदवारी

यतिखेर पोर्चुगलको नेपाली समुदाय गैर आवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको निर्वाचन माहोलमा होमिएको छ।
यहीँ क्रममा पोर्चुगलको चिरपरिचित अनुहार ,उर्जाशिल युवा भरत प्रकाश घर्ती मगरले महासचिव पदमा उम्मेदवारी दिएका छन्।
एनआरएनएमा देखिएका विकृति ,विसंगतिलाई जरैदेखि हटाउने ,सम्पूर्ण नेपालीहरुको विश्वासयोग्य साझा सस्था बनाउने उद्देश्यका साथ उम्मेदवारी दिएको मगर बताउछन्।
सामाजिक कार्यमा निकै अग्रसर मगर आफुले जितेमा गर्व गर्न लायक एनआरएनए बनाउने प्रतिवद्धता जाहेर गरेका छन्।यस्ता छन् उनका प्रतिवद्धताहरु
“हार्दिक अनुरोध”
आदारणिय प्रोर्तुगवासी वुवा आमा दाजु भाई तथा दिदी बहिनीहरु नमस्कार, यहाँहरु लाई अवगत नै छ कि NRNA प्रोर्तुगलको निर्वाचन आगामी ३० जुलाई अर्थात अबको ३ दिनमा हुँदैछ र यहाँहरु लाई यो पनी थाहा छ की तपाईहरुको माझमा तपाईहरुकै म भरत प्रकास घर्ति मगर यहाँहरुको सेवा गर्नकै लागी आगामी नेतृत्व २०२३-२५ को लागी महासचिबको प्रत्यासीको रुपमा उभिएको छु । म सानो मान्छे,मलाई ठुला कुरा गर्नु पनी छैन र एनआरएनए मा गएर नेता बन्नु पनी छैन, म जे बोल्छु त्यो गर्छु र जती सक्छु त्यती मात्रै बोल्छु तर नेपाली समुदाय प्रोर्तुगलको लागी केही न केही राम्रो अबस्य गर्ने नै छु भन्ने दिर्ण संकल्प बोकेको छु ।मलाई आसा एवं बिस्वास छ म तपाईको मत मात्रै हैन मन पनी जित्न सफल छु, किनकी ५ औँ बर्ष देखी म यही प्रोर्तुगलको नेपाली सोसाईटीमा तपाईहरुका दुख सुखमा साथमा साथ र काँधमा काँध मिलाएकै छु। अब निर्वाचन हुन केही दिन मात्रै बाँकी रहँदा म तपाईहरुको घरदैलोमा भेटघाटको लागी आउँदै छु, तपाईहरुका समय परिस्थिति र ब्यबस्ताले गर्दा सबै लाई भेट्न संभव भएनछ भने पनी यसै लाई भेट सम्झी मलाई सहयोग गरिदिनु होला, आफ्नो अमुल्य मत दिनु भई अत्याधिक बहुमतले बिजयी गराईदिनु होला भन्ने बिनम्रताका साथ अनुरोध गर्दछु। धन्यवाद, जय एनआरएनए, जय नेपाली समाज प्रोर्तुगल ।🇵🇹🙏