२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ भारतबाट घर फर्किदै गरेका पुन परिवारको सडक दुर्घटनामा ज्यान गयो

भारतबाट घर फर्किदै गरेका पुन परिवारको सडक दुर्घटनामा ज्यान गयो

५ नम्बर प्रदेशको बाँकेमा भएको सडक दुर्घटनामा एकै परिवारका तिन जनाको ज्यान गएको छ।नेपालगन्जबाट दाङ आउदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी दुर्घटना हुँदा ११ जनाको घटना स्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृतक मध्ये एकै परिवारका दाङ निवासी ३२ बर्षिय पूर्णबहादुर पुन सहित उनकी २७ बर्षिय श्रीमती सीता पुन र उनका छोरा ११ बर्षिय छोरा हिमान्स पुनको सो दुर्घटनामा ज्यान गएको हो।

उनिहरु भारतमा बस्दै आइरहेका थिए भने कोरोना कारण आफ्नो घर दाङ फर्कदै थिए।बिपरित दिशाबाट आइरहेको ट्रक र हाइस एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु