गृहपृष्ठ भारतमा अहिलेसम्मकै कोरोना संक्रमण दर उच्च,संक्रमण बढेसँगै केही राज्यमा लकडाउन
भारतमा अहिलेसम्मकै कोरोना संक्रमण दर उच्च,संक्रमण बढेसँगै केही राज्यमा लकडाउन

छिमेकी राष्ट्र भारतमा आइतबार १ लाख ३ हजार ७९४ जना कोरोना संक्रमित थपिएका छन्। यो एकै दिन संक्रमित भएको अहिलेसम्मकै उच्च रेकर्ड हो। यसअघि १६ सेप्टेम्बरमा ९७ हजार ८६० नयाँ संक्रमित थपिएका थिए।
बितेको २४ घण्टामा ५२ हजार ८ सय ४० संक्रमित निको भएका छन्। यो अवधिमा ४७७ जना संक्रमितको मृत्यु भएको छ।
बितेको २४ घण्टामै १ लाख भन्दा बढी संक्रमित भेटिएको भारत संसारको एउटा मात्र देश हो।
संक्रमितको संख्या अत्यधिक रहेसँगै भारतमा महामारी भयावह अवस्थामा पुगेको छ। महाराष्ट्रमा अवस्था नियन्त्रणभन्दा बाहिर गएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन्।
आइतबार महाराष्ट्रमा मात्र ५७ हजार ७४ जनामा संक्रमण देखिएको थियो। आइतबार नै फ्रान्समा ६० हजार ९ सय २२ जनामा संक्रमण देखिएको थियो जुन भारतपछिको सर्वाधिक संक्रमण हो।