२०७७ चैत २४ गते मंगलवार | April 06, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ भारतमा आतंककारी आक्रमण, कम्तीमा २२ सुरक्षाक्रमीको ज्यान गयो

भारतमा आतंककारी आक्रमण, कम्तीमा २२ सुरक्षाक्रमीको ज्यान गयो

भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ। भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिवार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।

‘छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,’ स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने।

घटनामा परी अरु ३१ जना घाइते पनि भएको उनले बताए । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताए।

उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी गराए। केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राखेका पनि मुख्यमन्त्री बघेलले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु