गृहपृष्ठ भारतमा एकै दिन धेरै संख्यामा कोरोना संक्रमित थपिए,सावधानी अपनाउन आग्रह
भारतमा एकै दिन धेरै संख्यामा कोरोना संक्रमित थपिए,सावधानी अपनाउन आग्रह

भारतमा कोरोना भाइरसको संक्रमित दिनानुदिन थपिएका छन्। बितेको २४ घन्टामा १ लाख ७९ हजार ७ सय २३ संक्रमित थपिएका हुन्। यो तेस्रो लहर आएयताको बढी संख्या हो।
भारतीय सञ्चार माध्यमले स्वास्थ्य निकायले दिएको जानकारी उल्लेख गर्दै थपिएको संख्या बताएका छन्। १४६ जनाको बितेको २४ घन्टाभित्र मृत्यु भएको छ।
भारतमा ७ लाख २३ हजार ६ सय १९ जना सक्रिय संक्रमित छन्।भारतको मुम्बई र दिल्लीमा बढी संक्रमित थपिएका छन्। त्यहाँ संक्रमणको जोखिमलाई दृष्टिगत गरी यात्रामा कडाई गरिएको छ।