२०७७ चैत ३१ गते मंगलवार | April 13, 2021

Bharat Poudel

गृहपृष्ठ भारतमा कोरोना संक्रमण दर उच्च वृद्धि,मानिसहरु थप चिन्तित

भारतमा कोरोना संक्रमण दर उच्च वृद्धि,मानिसहरु थप चिन्तित

भारतमा पछिल्लो चौबिस घण्टामा ८१ हजार ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख १४ हजार ६९६ पुगेको छ।

बितेको चौबिस घण्टामा भारतमा ४६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसैका साथ भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३९६ पुगेको छ।

हरेक दिन नयाँ संक्रमित भेटिनेको संख्या पछिल्लो एक साता यता अती तीव्र भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु