२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ भारतमा देखिएको कोरोना जीवाणु निकै घातक भएको डब्लुएचओको निष्कर्ष

भारतमा देखिएको कोरोना जीवाणु निकै घातक भएको डब्लुएचओको निष्कर्ष

भारतमा B.1.617 भेरियन्ट फैलिएको छ। डब्ल्यूएचओको कोभिड-१९ प्रमुख मारिया वेनका अनुसार यो भेरियन्ट अधिक संक्रामक छ र भ्याक्सिनलाई पनि यसले बढी असर पुर्याउँछ।मारियाले अघि भनिन्, ‘हामी आधिकारिक रुपमा यसलाई विश्वस्तरमा चिन्तित बनाउने खालको भेरियन्ट घोषणा गर्दछौं।’

उनका अनुसार यस भेरियन्टको अधिक जानकारी मंगलबार उपलब्ध गराइने छ।डब्ल्यूएचओका अनुसार B.1.617 भेरियन्टको वंशावलीको डिसेम्बरको अन्तिममा भारतमा पहिलो पटक पत्ता लागेको थियो जबकी यसको एक सुरुवाती रुप अक्टुबर २०२० मा नै पाइएको थियो। यो भेरियन्ट अहिले धेरै देशहरुमा फैलिसकेको छ।

संक्रामक नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले धेरै देशहरुले भारतबाट हुने उडान रोकिसकेका छन्।भारत अहिले कोरोना संक्रमणबाट अति नै प्रभावित छ। दैनिक नयाँ संक्रमितको संख्या र मृत्युदर बढिरहेको छ । यी बिरामीहरुलाई धेरै नै अक्सिजन चाहिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्।

बिरामीहरुको संख्या बढेपछि अस्पतालमा बेड र अक्सिजन अभाव भएको छ।यसैबीच डब्ल्यूएचओले कोरोनाका कारण संकटमा परेको भारतका लागि ‘टुगेदर फर इन्डिया’ अभियान सुरु गर्ने घोषणा गरेको छ।

यो अभियानको उद्देश्य भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री खरिद गर्नका लागि आवश्यक कोष जम्मा गर्नु रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु