२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ भारतले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगायो,नेपाल लगायत देश प्रभावित हुने

भारतले कोरोना विरुद्धको खोप निर्यातमा रोक लगायो,नेपाल लगायत देश प्रभावित हुने

भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप तत्काल अरु देशलाई नदिने निर्णय गरेका छ।

खोप निर्यातमा अस्थायीरुपमा रोक लगाएको स्वास्थ्य मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ। देशमा बढ्दो कोरोनासंक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको समाचारमा उल्लेख गरिएको छ।

संक्रमण बढेसँगै केही हप्ता भारतमानै खोपको उच्च माग हुने भएकाले केही समयका लागि खोपको निर्यात रोक्न लागिएको भनिएको छ। यो कदमलाई अधिकारीहरुले ‘अस्थायी रोक’ भनेका छन् र यसले अप्रिलको अन्त्यसम्म खोपको निर्यातमा असर गर्ने बताइएको छ।

यसले कोभ्याक्स योजनाबाट पाइने खोपमा पनि असर गर्ने र यसबाट १९० वटा भन्दा बढी देश प्रभावित हुनेछन्।

भारतको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्सिटिच्युट अफ इन्डियाले नेपालसहित बेलायत र ब्राजिलमा पनि खोपको आपूर्तिलाई ढिला गरिहेको छ। भारतले हालसम्म ७६ देशमा ६ करोड खोप निर्यात गरिसकेको छ। भारतको यो निर्णयसँगै नेपालमा धेरैले खोपको दोस्रो खेप नपाउने सम्भावना बढेर गएको छ। नेपालसँग करिब ७ लाख डोज खोप मात्र बाँकी रहेको छ। जुन पहिलो चरण खोप लगाएकाहरुलाई मात्र पुग्छ।

सरकारले पहिलो चरणमा भारत सरकारको अनुदानमा १० लाख डोज, नेपाल सरकार आँफैले किनेर १० लाख डोज र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज गरी कुल २३ लाख ४८ हजार डोज कोभ्याक्स खोप नेपालमा भित्रिएको थियो।

१६ लाख मानिसले कोरोनाविरुद्धको खोप लगाइसक्दा त्यसको दोस्रो डोज दिनका लागि १६लाखभन्दा बढी डोज खोप मौज्दातमै हुनुपर्छ । तर अहिलेको स्थिति त्यो छैन। बाँकी रहेको करिब ७ लाख डोज खापमध्ये पहिलो चरणमा लगाएका मानिसलाई दिन मात्रै पुुग्ने खोप बाँकी छ। बाँकी करिब १० लाख डोज खोपको कुनै ठेगान छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु