२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ भारतले नेपालमा कोरोनाको खोप पठाउने

भारतले नेपालमा कोरोनाको खोप पठाउने

भारतले नेपाललगायत आफ्ना निकट मित्र राष्ट्रलाई कोरोना खोप दिने निर्णय गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बसेको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका अत्यन्त नजिकका छिमेकी मुलुकमा सीमित संख्यामा कोरोना खोपको डोज पठाउने निर्णय गरेको हो।

निर्णयअनुसार नेपाल, भुटान, सेसल्स, अफगानिस्तान र बंगलादेशलाई सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोप प्रदान गरिनेछ भने मंगोलिया, ओमान, म्यान्मार, फिलिपिन्स, बहराइन, मालद्वीप र मरिसियसलाई चाहिँ भारत बायोटेक कम्पनीले उत्पादन गरेको खोप पठाइनेछ।

एक अधिकारीले दिएको जानकारीअनुसार दुवै खोप सरकारी स्तरबाट सप्लाई गरिनेछ। यसको चाँजोपाँचो भने परराष्ट्र मन्त्रालयले मिलाउनेछ। तर समाचारमा पठाउने समय र खोपको संख्या उल्लेख गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु