२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ भारतीय सेनामा कार्यरत गुल्मीका कार्कीको मृत्यु

भारतीय सेनामा कार्यरत गुल्मीका कार्कीको मृत्यु




भारत पाकिस्तान बीच सिमा विवादको कारण हजारौं निर्दोष सैनिक हरूको ज्यान गुम्दै आएको छ।यसै क्रममा पछिल्लो समय भारत र पाकिस्तान दुवैले दाबी गरेको जम्मु कश्मीरको सिमामा एक भारतीय सैनिक मारिएका छन्।

पाकिस्तानी सेनाको गोली लागेर गुल्मी छत्रकोट ५,खर्ज्याङ निवासी दिपक कार्कीको निधन भएको समाचार बाहिर आएको छ।यस समाचारले गुल्मीबासीहरूमा निराशा छाएको छ।

भारतीय सञ्चारमाध्यमले पाकिस्तानी सेनाले सितयुद्धको उल्लंघन गर्दै भारतीय सैनिक कार्की मारिएको जनाएका छन् । चीनसँगै भारतको पाकिस्तानी सीमामा पनि त-नाव बढेको छ ।दिनहुँजसो पाकिस्तानी आर्मीको गोली लागेर एकजना भारतीय सैनिक मारिरहेका छन्।

केही दिन अघि मात्र भारत र चीनका सैनिकबीच गत हप्ता लद्दाखको गलवान घाटीमा भएको घटना बारे इन्डियन एक्सप्रेसको एक खबरका अनुसार मारिएका सैनिकको शरीरमा  गम्भीर चोट थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु