२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ भारी बर्षासँगै बाढी -पहिरो पनि जान सक्ने, सतर्क रहन सबैलाई आग्रह

भारी बर्षासँगै बाढी -पहिरो पनि जान सक्ने, सतर्क रहन सबैलाई आग्रह

भारतको मुम्बई लगायत अन्य क्षेत्रमा आएको शक्तिशाली आधी यासका कारण नेपालमा पनि भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

खासगरी प्रदेश- १,प्रदेश -२,बागमती ,गण्डकी ,लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका केही जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ।

ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले आँधीको प्रभावका कारण मनसुन सुरु नहुँदै मौसमजन्य विपद् आउन सक्ने भन्दै सतर्कता अपनाउन र विपद् व्यवस्थापनमा खट्न आग्रह गरेको हो।

प्राधिकरणले नदी किनारहरुमा सतर्क भएर बस्न र कुनै खतरा भएमा सुरक्षाकर्मीलाई जानकारी गराउन भन्दै विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा रहन भनेको छ।

सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। यस्तै प्राधिकरणले पर्वतारोहणका लागि हिमालमा गएको टोलीलाई तुरुन्त सुरक्षित ठाउँमा फिर्ता बोलाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु