२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ भिजन स्पोर्ट्स क्लब पोर्चुगलले युरोप स्तरीय भलिबल खेल प्रतियोगिता आयोजना गर्ने

भिजन स्पोर्ट्स क्लब पोर्चुगलले युरोप स्तरीय भलिबल खेल प्रतियोगिता आयोजना गर्ने

पोर्चुगलमा केही समय अगाडि स्थापित भिजन स्पोर्ट्स क्लब पोर्चुगलले युरोप स्तरीय खुल्ला खेल प्रतियोगिता आयोजना गर्ने भएको छ।

क्लबले आगामी १५ अक्टोबरमा सो खेल प्रतियोगिता आयोजना गर्न लागेको हो।क्लबले सामाजिक संजाल मार्फत एक सूचना जारी गर्दै सो आयोजनाको जानकारी गराएको हो।

क्लबले दर्ता शुल्क प्रती टिम ३०० युरो राखेको छ भने प्रथम हुनेलाई २५०० राशिको पुरस्कार राखेको छ।दोस्रो हुनेलाई १२५० राशिको पुरस्कार तोकिएको छ।खेल भने पोर्चुगलको अलभलादे खेल मैदान हुने जनाइएको छ।

दर्ता हुन चाहाने टिमले निम्न उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गर्न सक्ने क्लबका अध्यक्ष सौगात विष्टले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु