२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ भिजन स्पोर्ट्स क्लब पोर्चुगलले आयोजना गर्ने युरोप स्तरीय खुल्ला खेल प्रतियोगिताको तयारी अन्तिम चरणमा ,समस्त नेपालीहरुमा उपस्थितिको लागि आग्रह

भिजन स्पोर्ट्स क्लब पोर्चुगलले आयोजना गर्ने युरोप स्तरीय खुल्ला खेल प्रतियोगिताको तयारी अन्तिम चरणमा ,समस्त नेपालीहरुमा उपस्थितिको लागि आग्रह

पोर्चुगलमा केही समय अगाडि स्थापित भिजन स्पोर्ट्स क्लब पोर्चुगलले आयोजना गर्ने युरोप स्तरीय खुल्ला खेल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

क्लबले आगामी १५ अक्टोबरमा सो खेल प्रतियोगिता आयोजना गर्न लागेको हो।क्लबले सामाजिक संजाल मार्फत एक सूचना जारी गर्दै पोर्चुगलमा क्रीयाशिल संघ-सस्थाका प्रमुख,प्रतिनिधि ,ब्यवसायी,बौद्धिक व्यक्तित्व,पत्रकार एवं समस्त नेपालीहरुलाई उपस्थितिको विशेष अपिल गरेको छ।

क्लबले दर्ता शुल्क प्रती टिम ३०० युरो राखेको छ भने प्रथम हुनेलाई २५०० राशिको पुरस्कार राखेको छ।दोस्रो हुनेलाई १२५० राशिको पुरस्कार तोकिएको छ।खेल भने पोर्चुगलको अलभलादे खेल मैदान हुने जनाइएको छ।

दर्ता हुन चाहाने टिमले निम्न उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गर्न सक्ने अनन्त तिवारीले जानकारी दिएका छन्।
मोबाइल नम्बरहरु:
९२०५९६३५९, ९२०१३९६६० र ९२०५४९४८९ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु