गृहपृष्ठ भिजन स्पोर्ट्स क्लब पोर्चुगलद्वारा युरोपस्तरीय भलिबल खेलको टाइ-सिट सार्वजनिक ,खेलमा ८ टिम सहभागी हुने
भिजन स्पोर्ट्स क्लब पोर्चुगलद्वारा युरोपस्तरीय भलिबल खेलको टाइ-सिट सार्वजनिक ,खेलमा ८ टिम सहभागी हुने

भिजन स्पोर्टस क्लब लिस्वनले दशैँ तिहारको अवसरमा आयोजना गर्न लागेको युरोप स्तरीय खुला भलिवल प्रतियोगिताको टाइ -सिट सार्वजनिक गरेको छ।
अक्टोबर १५ आईतबारका दिन लिस्वनको अल्भलादे स्थित कभर्ड हलमा हुन लागेको प्रतियोगितामा पोर्तुगल स्थित विभिन्न ८ क्बलको सहभागीता सुनिश्चित भएको क्लबका अध्यक्ष सौगात विष्टले जानकारी दिए।
क्लबको अन्तिम तयारी स्वरुप आज बसेको वैठकले प्रतियोगितालाई सफल बनाउन लिस्वन स्थित सम्पुर्ण संघसंस्था तथा महानुभावहरुलाई अनुरोध गरेको छ ।
८ टिमलाई दुइ समूहमा विभाजन गरिएको छ । प्रत्येक टिमले आफ्नो समूहमा रहेका सबै टिमसंग प्रतिष्पर्धा गरी प्राप्त अंकको आधारमा पहिलो स्थानमा रहेका दुइ टिम बीच फाइनल हुने पनि जानकारी गराइयो ।
यस अघिनै सुचना जारी गरी क्लबले टिम दर्ता गर्न आह्वान गरेको थियो । जस्मा यो वीचमा ८ टिमले प्रतियोगितामा भाग लिने गरी टिम दार्ता गरे। भिजन निलो, बाग्लुङ समाज, अप्टिका नेपाल, मोना समाज, जबुजिरा, गलकोट, भिजन रातो र स्याङ्जा समाजले प्रतियोगितामा भाग लिने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ हजार ५ सय युरो र उपविजेताले १ हजार २ सय ५० युरो पुरस्कार पाउनेछ। प्रतियोगीता भब्य र सभ्य बनाउन क्लब क्रीयाशील रहेको सल्लाहकार अनन्त तिवारीले जानकारी दिए।