२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ भिजन स्पोर्ट्स क्लब पोर्चुगलले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न ,फाइनल उपाधी गल्कोटको पोल्टामा

भिजन स्पोर्ट्स क्लब पोर्चुगलले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न ,फाइनल उपाधी गल्कोटको पोल्टामा

भिजन स्पोर्टस क्बलद्वारा आयोजित युरोस्तरीय खुला भलिवल प्रतियोगिता सम्पन्न भएको छ।गत आइतबार भएको खेलको उपाधी बाग्लुङ गल्कोट क्लबको पोल्टामा परेको छ।

लिस्वनको अल्भालादे स्थित कभर्ड हलमा भएको खेलमा गल्कोटले म्याग्दी समाज (मोना)लाई २-१ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो।

८ टोली सम्मिलित प्रतियोगितामा सहभागी टोलीहरुलाई दुइ समुहमा विभाजन गरिएको थियो । ४-४ टोलि सम्मिलित समूहबाट आआफ्नो समूहमा विजेता बनेका मोना र गल्कोट फाईनलमा प्रवेश गरेका थिए।

फाइनल खेलको पहिलो सेट मोनाले आफ्नो पक्षमा पारेको थियो भने बाँकी दुइ सेट गल्कोटले आफ्नो पक्षमा पारेको थियो । उपाधिसंगै गल्कोटले ट्रफी र नगद २ हजार ५ सय युरो हात पार्यो भने, उपविजेता बनेको मोनाले ट्रफी संगै नगद १ हजार २ सय ५० युरो हात पारेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजु विक घोषित भएका थिए भने, उत्कृष्ट स्पाइकरमा सुनित सुन्दास, उत्कृष्ट सर्भरमा सिखर घर्ती मगर, उत्कृष्ट ब्लकरमा किसन श्रेष्ठ, उत्कृष्ट्र लिफ्टर बादल हमाल र उत्कृष्ट डिफेन्सर देव छन्त्याल घोेषित भएका थिए । प्रत्येक विधामा उत्कृष्ट घोषित भएकाहरुले ट्रफी हात पारेका थिए।

प्रतियोगिता समापन समारोहमा प्रतियोगिता संचालन गर्न सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु