२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ भिजन स्पोर्ट्स क्लब पोर्चुगल गठन,अध्यक्षमा सौगात बिष्ट र सचिवमा सुमित श्रेष्ठ चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगल गठन,अध्यक्षमा सौगात बिष्ट र सचिवमा सुमित श्रेष्ठ चयन

पोर्चुगलको लिस्वनमा बुधबार बसेको नेपाली युवाहरूको एक भेलाले भिजन स्पोर्ट्स क्लब पोर्चुगल गठन गरेको छ।उर्जावान युवा सौगात विष्टको नेतृत्वमा क्लब गठन गरिएको हो।

क्लबको उपाध्यक्षमा निरज गुरुङ र सचिवमा सुमित श्रेष्ठ चयन भएका छन्।त्यसैगरी सह-सचिवमा मदन भण्डारी ,कोषाध्यक्षमा विपिन श्रेष्ठ र सह-कोषाध्यक्षमा खोम मगर चयन भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यहरुमा सुर्य घतानी,निराकर मल्ल,विमल गुरुङ ,शरण श्रेष्ठ ,विशाल बुढाथोकी ,किरण गुरुङ ,कृष्ण केसी ,विशाल चापागाईं,विकाश थापा र सुरिन खाण ठकुरी चयन भएका छन्।

क्लबलाई मर्यादीत र अनुशासित बनाउन एक सल्लाहकार समिति पनि गठन गरिएको छ।सल्लाहकार समितिको संयोजकमा धन शेर्पा चयन भएका छन् भने अन्य सल्लाहकारहरुमा नरेश भाट,वोध प्रसाद गुरुङ ,सुमिष श्रेष्ठ र अनन्त प्रसाद तिवारी रहेका छन्।

नेपालबाट आएर पनि विदेशमा नेपाली मौलिक खेल र अन्य खेलका बिधाहरुलाई उजार गर्ने उद्देश्यले क्लब गठन गरिएको बताइएको छ।क्लबले अन्य क्षेत्रमा रहेका खेलप्रेमी नेपालीहरुलाई पनि आगामी दिनमा क्लबमा समेट्दै जाने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु