२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ भिडियो कन्फरेन्सबाट ताली बजाउदै कोरोना नियन्त्रणमा खटिने सबैलाई गरियो उच्च सम्मान

भिडियो कन्फरेन्सबाट ताली बजाउदै कोरोना नियन्त्रणमा खटिने सबैलाई गरियो उच्च सम्मान


नेपाल पत्रकार महासंघ युरोप शाखाले भिडियो कन्फरेन्स मार्फत कोरोना भाइरस (कोभिन-१९) विरूद्व पहिलो लाइनमा रहेर सुचना संम्प्रेसण गर्ने पत्रकार, सुरक्षा निकाय र स्वास्थकर्मीहरूको उच्च मनोबल बढाउन राष्ट्रिय गान सहित १ मिनेट तालि बजाउदै भिडियो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार युरोप शाखाले भिडियो लाईभ मार्फत युरोप लगायत विभिन्न देशका एक दर्जन बढि पत्रकार,राजनितिकर्मी,कुटनितिकर्मी,महिला,अधिकारकर्मी,गैरआवासिय नेपालीहरूको क्रियाशिलता लगायतका विषयमा छलफल सम्पन्न भएको पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले बताउनुभयो ।

अध्यक्ष राईले ‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको सम्मानमा आयोजित एक मिनेट ताली बजाएर हौशला प्रदान गरेको बताउनुभयो।
अध्यक्ष राई थप्छन् “नयाँ प्रविधिको विकास संगै अहिले आएको जुम सप्टवयेरबाट तालि र राष्ट्रिय गान संगै बजाएर कार्यक्रम भिडियो कन्फरेन्स मार्फत गर्न सफल भएकोमा हामी हर्षित छौ”।

कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल, नेपाल पत्रकार महासंघका लेखा समितिका संयोजक रोसन पुरी, महासंघका केन्द्रीय सचिव उदय जिएम, महासंघका पूर्व कोषाध्यक्ष सूर्यमणि गौतम, महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरलगायत विभिन्न देशका सञ्चारकर्मी तथा गैरआवासिय नेपालीहरूको ब्यापक सहभागीता रहेको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ युरोप शाखाले विश्वभर रहेका पत्रकारहरूसँग समन्वय गर्दै समय- समयमा भिडियो मार्फत
छलफल गर्दै आएको छ भने कोरोना महामारीबाट नेपाली समुदायहरूलाई सहजताको लागि सुचना प्रवाहका साथै गैरआवासिय नेपाली संघ र कुटनितिक नियोगहरूलाई खबरदारी गर्दै आएको छ।

कार्यक्रममा उपस्थित डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले भने ‘ विश्वभर फैलिएको यो विप्पति भनेको तेश्रो विश्वयुद्व जस्तै भएकोले हामी सबैले सामाजिक दुरीको माध्यमबाट नजिक हेर्दै शारिरीक सम्पर्कको दुरी बढाउनु नै सुरक्षित बन्ने उपाए रहेको धारणा ब्यक्त गर्नुभयो ‘। राजदूत लम्साल थप्छन् ” यो कोरोना भाइरसको महामारीले न देश न राष्ट्रियता नै भनेको छ, न कुनै धर्म,जात,संस्कृति नै भनेको छ,न ठुलो न सानो, यो भाइरसले सबैलाई डसेको छ।त्यसैले सबै सुरक्षित हुने तर्फ ध्यान केन्द्रित गर्नुनै मनासिब हुनेछ” ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु