गृहपृष्ठ भियतनाममा कोरोनाको घातक भेरियन्ट भेटिएको दाबी,हावाको माध्यमबाट तिब्ररुपमा फैलिने
भियतनाममा कोरोनाको घातक भेरियन्ट भेटिएको दाबी,हावाको माध्यमबाट तिब्ररुपमा फैलिने

भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ।
अत्याधिक धेरै संक्रमण फैलाउने यो भेरियन्ट ‘अति घातक’ भएको स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
यो भाइरस भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भएको जनाइएको छ।
अधिकारीहरुका अनुसार यो भेरियन्ट हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने छ।
भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन्।