गृहपृष्ठ भिरबाट खसेको ढुंगा लागेर दार्चुलाकी एक महिलाको ज्यान गयो
भिरबाट खसेको ढुंगा लागेर दार्चुलाकी एक महिलाको ज्यान गयो

दार्चुलामा बाटोमा हिन्दै गरेकी एक महिलाको भिरबाट खसेको ढुंगा लागेर ज्यान गएको छ।
उक्त घटनामा दुहु गाउँपालिकाकी ३६ बर्षिय कलावती बडालको ज्यान गएको हो।
खलंगा बजार आउने क्रममा माथिबाट खसेको ढुंगा लागेर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्याल दार्चुलाले जनाएको छ।
मृतक महिलाका २ छोरा र २ छोरी रहेको पारिवारिक श्रोतले बताएको छ।