गृहपृष्ठ भुमीका गिरीको चोली मैलै भो बजारमा
भुमीका गिरीको चोली मैलै भो बजारमा

पछिल्लो समय स्टेज मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित गायिका भुमिका गिरीले गीति एल्बम चोली मैलै भो बजारमा ल्याउनु भएको छ।
यस गीतको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको स्वर तथा अभिनय रहेको छ भने उक्त गित बिद्यार्थी जीवनमा हुने र गरिने माया- प्रेमको बिषय वस्तुलाई समटेर तयार पारीएको छ।
गायिका भूमिका गिरीले आफनो अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गर्नुभएको छ। यस गीतको शब्द र संगीत प्रकाश दुतराजले नै गर्नुभएको हो।
गीतले युवा पुस्ताहरुको जीवन चित्रण गर्दै समाजमा सकारात्मक सन्देश दिन सफल रहेको गायिका गिरीले बताउनु भएको छ। उहाँले एक पटक हेरेर सल्लाह सुझाव दिन आग्रह समेत गर्नु भएको छ।