गृहपृष्ठ भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दो ,जाजरकोटलाई केन्द्रबिन्दु बनाउदा त्यहाँ ज्यान गुमाउने संख्या उच्च
भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दो ,जाजरकोटलाई केन्द्रबिन्दु बनाउदा त्यहाँ ज्यान गुमाउने संख्या उच्च

जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ। ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए ।
साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ। घाइतेहरूमध्ये ५ जनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ।
तथ्यांक संकलन भैरहेको र मुत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।प्रधानमन्त्री पुस्पकमल दाहाल भुकम्प प्रभावित क्षेत्र निरीक्षण गर्न जाजरकोट लगायतका जिल्लामा जाँदै छ्न।