गृहपृष्ठ मङ्कीपक्स भाइरस धेरै देशमा फेलिन सक्ने आशंका,सतर्कता अपनाउन आग्रह
मङ्कीपक्स भाइरस धेरै देशमा फेलिन सक्ने आशंका,सतर्कता अपनाउन आग्रह

विश्वभरी अहिलेसम्म दुई सय व्यक्तिमा संक्रमण पुष्टि भएको र अरु एक सयभन्दा बढीमा शंकास्पद लक्षण देखिएको डब्लुएचओका एक अधिकारीले जनाएका छन्।
मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।
भाइरसका कारण मानिसको मृत्यु नै नभएपनि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ।
डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन्।