२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलद्वारा ठगी कार्यमा संलग्न लक्ष्मी ट्राभल्सलाई कडा कार्वाही गर्न माग

मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलद्वारा ठगी कार्यमा संलग्न लक्ष्मी ट्राभल्सलाई कडा कार्वाही गर्न माग

मदन भण्डारी स्पोर्ट्स एकेडमी पोर्चुगलले ठगी कार्यमा संलग्न लक्ष्मी ट्राभल्सका संचालक एवं गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष विक्रम जंग कुँवरलाई कडा कार्वाही गर्न माग गरेको छ।

आज एक विज्ञप्ति मार्फत सस्थाले सो ठगी काण्डको कडा भर्त्सना गरेको छ। विज्ञप्ति मार्फत पीडकलाई तत्काल कानुनी दायरामा ल्याई पीडितलाई उचित क्षतिपूर्ति दिलाउन एकेडेमीले माग गरेको हो। बाकी सस्थाको विज्ञप्तिमा….

प्रेस विज्ञप्ति

मिति 2021/04/06 पोर्चुगलको लिस्वन स्थित लक्ष्मी ट्राभल्सले नक्कली टिकट बिक्री गरी नेपाली यात्रुहरूलाई ठगी गरेको भन्ने समाचार विभिन्न सञ्चार माध्यम र सामाजिक संजालमाहरूमा बाहिरिए लगत्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलको गम्भिर ध्यानाकर्षण गराएको छ।

प्रदेशमा रहेर रातदिन नभनी आफ्नो श्रम गरी रगत पसिना बगाइरहेका नेपालीहरूमाथी एन आर एन ए जस्तो पबित्र संस्थाको कोषाध्यक्ष जस्तो गरिमामय पदमा रहेर आफ्नै नेपालीहरूको सुख्दुखको सारथी बन्नुको सट्टा उल्टै पटक -पटक ठगी गर्ने एनआरएनए का कोषाध्यक्ष तथा लक्ष्मी ट्राभल्स का संचालकको निन्दनिय कार्य प्रति घोर भर्त्सना गर्दछौं।

यो दुखद अवस्थामा सम्पूर्ण पीडितहरुलाई न्याय दिलाउन, पीडकलाई हदैसम्मको कारबाहीको लागी गैर आवासीय नेपाली संघ पोर्चुगल, प्रवासी नेपाली एकता मंच पोर्चुगल जनसम्पर्क समिति पोर्चुगल, जन प्रगतिशिल मञ्च लगायत यहाँ रहेका सम्पूर्ण कृयाशील संघ सस्था , पत्रकारहरू र सामाजिक अभियान्ताहरु सबै एकजुटभैइ संयुक्त रुपमा सामाजिक न्याय स्थापित गर्न सहकार्यको लागि आव्हान गर्दछौं।

यस किसिमका घिनलाग्दो तस्करी धन्दामा संलग्न सबैलाई हदै सम्मको कारबाही गराउन उचित पहल कदमीको लागि पोर्चुगल स्थित महाबाणिज्यदुत , फ्रान्स स्थित नेपाली राजदुतावास, नेपाल सरकार र पोर्तुगल सरकारको समेत गम्भिर ध्यानाकर्षण गराउँदै कारबाहीको दायरामा ल्याउन अपिल गर्दछौं।

साथै भोलीका दिनमा यस्ता किसिमका निन्दनिय कार्यहरूलाई निरुत्साहित गर्नको निम्ति पोर्चुगल स्थित सबै नेपालीहरुलाई आफु सचेत रहन र यस्ता अवाञ्छित कृयाकलापका बिरुद्ध एकजुट भै आपसी हित, संरक्षण गर्न समाजका अध्यक्ष तथा अगुवाहरु र सम्पूर्ण प्रवासी नेपालीहरुलाई संयुक्त रूपमा आवाज बुलन्द गर्न समेत जोडदार माग गर्दछौं।

अध्यक्ष: अमृत रिजाल एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी परिवार, पोर्चुगल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु