२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ मदिरा सेवननै कारक बन्यो बागलुङ घटना,झडपमा २ जनाको ज्यान गयो

मदिरा सेवननै कारक बन्यो बागलुङ घटना,झडपमा २ जनाको ज्यान गयो

बागलुङ झडप घटनाले सबैलाई मर्माहत बनाएको छ।त्यहाँ दुई पक्ष बीच कुटाकुट भयो भने अनाहकमा २ युवाको ज्यान गयो।

मदिरा सेवन गरि होली पर्व मनाउन गएका दुई समुहबीच झडप हुदा निसिखोला गाउँपालिका ७ का ३६ बर्षिय प्रकाश कुँवर र ३४ बर्षिय दिपक दमाईको मृत्यु भएको छ।

उनीहरु दुबै जनाको भिरबाट खसेर ज्यान गएको हो।अर्को पक्षका युवा समुहले भिरबाट उनीहरुलाइ धकेलेको कारण मृत्यु भएको बताइएको छ।

घट्नास्थलमा स्थानीय प्रहरी र जिल्लाबाट प्रहरी पुगिसकेको छ भने २ शबको प्रहरीले उद्धार गरेको छ।घटनाको वृस्तृत अनुसन्धान भैरहेको र दोषी यथासिघ्र पक्राउ गर्ने प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु