Covid-19
City Express

मदेइराका नेपालीलाई कुनै समस्या परे सम्पर्क गर्न राहतका लागि तथ्यांक सङ्कलन उपसमिति सदस्य सुवेदीको आग्रह

पोर्तुगल । कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटबाट पोर्तुगलको मदेइरा आइल्याण्डमा बस्ने कोही नेपालीलाई समस्या परे आफुलाइ सम्पर्क गर्न एनआरएनए पूर्व महासचिव तथा राहतका लागि तथ्यांक सङ्कलन उपसमितिका सदस्य निराजन सुवेदीले आग्रह गरेका छन् ।

सुवेदीका अनुसार उक्त आइल्याण्ड झन्डै एकसय नेपाली बसोबास गरिरको उनको अनुमान छ । हालसम्म उक्त ठाउँमा कोरोना भाइरसले ५९ जना मानिस संक्रमित भएका छन् तर अहिले सम्म कोही पनि नेपाली संक्रमित नभएको सुवेदीले बताए ।

सुवेदीका अनुसार सधैं पर्यटकको घुइँचो लाग्ने आइल्याड अहिले सुनसान छ । होटेल, रेस्टुरेन्ट लगायत पर्यटकीय स्थलहरु बन्द रहेका छन् ।

आज सुवेदीले एक सूचना जारी गरि समस्यामा परेका नेपालीलाई सहयोग गर्न तत्पर रहेको जनाएका छन् ।

हेर्नूहोस् उनले जारी गरेको सूचना :

आदरणीय मदेराबासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

अहिले सन्शार नै कोरोना महामारी बाट आक्रान्त भयको यो काहाली लाग्दो अबस्थामा हामी मदेरा मा बस्ने हामी नेपाली हरु पनि डर, त्रास र भय ले आक्रान्त भयका छौ तर हाम्रो साबधानी र होसियारी ले आज का मिति सम्म कोहि पनि सङ्क्रमित नभएको अबस्थामा अझ साबधानी र होसियारी अपनाउन हार्दिक अनुरोध गर्दछु ।

   अहिले पोर्तुगल मा कोरोना राहत तथा जनचेतना समिती गठन भयको तपाईं हामी सम्पुर्ण लाई अबगत नै छ त्यही समिती अन्तर्गत राहतका लागि तथ्यांङ्क सङ्कलन उप- समिती पनि बनेको जानकारी गराउन चाहन्छु र यस उप- समिती को सदस्य रहेको नाताले मदेरा स्थित कोहि नेपाली दिदि-बहिनी , दाजु-भाइ  कुनै पनि प्रकार को कठिन अबस्थामा हुनुहुन्छ भने म सग सम्पर्क गरि तथ्याङ्क सङ्कलन र यश महामारी मा भाबनात्मक एकता कायम गर्दै एक आपस मा सहयोग र भाइचारा बढाउन बिनम्र अनुरोध गर्दछु ।

           निराजन सुवेदी
                सदस्य

राहतका लागि तथ्यांक सङ्कलन उप- समिती , पोर्तुगल
मोबाइल ; ९२०१५१९३२

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु