गृहपृष्ठ मन्त्री रायमाझी र थापालाई कोरोना संक्रमण
मन्त्री रायमाझी र थापालाई कोरोना संक्रमण

वर्तमान सरकारका २ मन्त्रीलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।
उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणिचन्द्र थापालाई चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।
अहिले दुबै मन्त्री होम आइसोलेसनमा रहेको जनाइएको छ।दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जानकारी दिएको छ।