गृहपृष्ठ मम्मी डान्स प्रतियोगिताको उपाधी बुटवलकी कल्पना डुम्रेले हात पारिन्
मम्मी डान्स प्रतियोगिताको उपाधी बुटवलकी कल्पना डुम्रेले हात पारिन्

रुपन्देहीको सैनामैनामा सञ्चालित चौंथो राष्ट्रिय सैनामैना कृषि , पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सव अन्तर्गतकाे मम्मी डान्स प्रतियोगिताकाे ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।१७ जना प्रतिस्पर्धीलाइ पछि पार्दै बुटवलकी चेली कल्पनाले प्रथम हुदै उपाधि चुमेकी हुन् । उनले ताज,नगद २० हजार रुपैँया,प्रमाणपत्र र सम्मानपत्र जितेकी छन् ।उनलाइ सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री,नेपाली काँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिब दिपक अधिकारी , संघका सचिब हिमाल गैरे,डान्स प्रतियोगिताका संयोजक चन्दा भण्डारी लगायतले पुरस्कार प्रदान गरे । उनी यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाकाे आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् ।प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतिय हुन सफल भइन् । उनीहरुलाइ क्रमश नगद १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । साे कार्यक्रमकाे संचालन संचारकर्मी कृष्ण भण्डारीले गरेका थिए । प्रतियोगितामा १७ सहभागि मध्येबाट पहिलाे दिनकाे नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए । रुपन्देहीको सैनामैनामा सञ्चालित चौंथो राष्ट्रिय सैनामैना कृषि , पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सव अन्तर्गतकाे मम्मी डान्स प्रतियोगिताकाे ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् । १७ जना प्रतिस्पर्धीलाइ पछि पार्दै बुटवलकी चेली कल्पनाले प्रथम हुदै उपाधि चुमेकी हुन्। उनले ताज,नगद २० हजार रुपैँया,प्रमाणपत्र र सम्मानपत्र जितेकी छन्। उनलाइ सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री,नेपाली काँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिब दिपक अधिकारी , संघका सचिब हिमाल गैरे,डान्स प्रतियोगिताका संयोजक चन्दा भण्डारी लगायतले पुरस्कार प्रदान गरे । उनी यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाकाे आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतिय हुन सफल भइन् । उनीहरुलाइ क्रमश नगद १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे ।साे कार्यक्रमकाे संचालन संचारकर्मी कृष्ण भण्डारीले गरेका थिए । प्रतियोगितामा १७ सहभागि मध्येबाट पहिलाे दिनकाे नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए। यसरी कलाकारीतामा एकपछी अर्को सफलता हात पार्दै गैरहेकी ज्ञवालीलाई नमूना नेपाल हार्दिक बधाई ज्ञापन गर्दछ।