Covid-19
City Express

मलेसियामा कोरोनाका कारण रोकिएका ११७ जना नेपाली स्वदेश फर्किए

 

दीप खादी लिम्बू

असार-४,क्वालालम्पुर।

बिदेशमा अलपत्र नेपालिहरु लाई स्वदेश फर्काउने निर्णय सङ्गै मलेशियामा पहिलोपटक चार्टर्ड हिमालयन विमानले आज बिहिबार क्वालालम्पुर देखि काठमाडौ उडान भरेको छ।

सो विमान मार्फत १५२ जनाको उडान तालिका चार्टर्ड विमान मार्फत तय भएको थियो। स्वदेश फर्किन लागेको १ सय ५२ जना नेपाली मध्य १ सय १७ जनामात्रै स्वदेश फर्कन पाएका छन। बाकी ३५ जना नेपालीहरु प्राबिधिक समस्याका कारण उड्न पाएनन मलेशिया अध्यागमन बिभागले फर्काई दिएकोको समाचार प्राप्त भएको छ।

चार्टर्ड गरिएको हिमालयन विमानमार्फत मलेसियाबाट नेपाल फर्कन लागेका १५२ जना दूतावासले प्राथमिकतामा राखेको हो।भने ३५ जना नेपालीहरुको उडान रद्ध गरि आफू कार्यरत रहेकै कम्पनीमा फिर्ता पठाईएको क्वालालम्पुर स्थित नेपाली राजदूतावास श्रोतले जनाएको हो।

दूतावास श्रोतका अनुसार स्वदेश फर्किन लाई आवश्यक कागजात अध्यागमन बिभागले जारी गरेको यात्रा अनुमतिपत्र ( check out memo ) अथवा भिसा रद्ध रोजगारदाता कम्पनीले नगरी स्वदेश फर्काउन लागेकोले उक्त ३५ जना लाई अध्यागमन बिभाग द्वारा फर्काईएको हो।

श्रोतका अनुसार स्वदेश फर्काईएका ११७ जना नेपालीहरु दूतावासको प्राथमिकतामा परेकाहरुमध्यका ११ जना महिला कामदार,एकजना महिला बिद्यार्थी र अन्य पुरुष कामदार,बिद्यार्थी र भिजिट भिसामा घुम्न आएका पर्यटकहरु रहेका थिए।

स्वदेश फर्कन नपाएका बिषयबारे नेपालीहरुसंग टेलीफोन सम्पर्क गर्दा दूतावासले र बिमान कम्पनीले हामीलाई आवश्यक प्रक्रिया बारे प्रष्ट जानकारी नगराएको कारण यस्तो झन्झट झेल्नुपरेको बताएका छन।तर स्वदेश फर्किन दूतावासले जारी गरेको अनलाइन दर्ता फारममा भने स्वदेश फर्किन आवस्यक कागजात सबैको विवरण तयार गर्ने सर्त समेत उल्लेख गरेको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु