२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ महरा बलात्कार अभियोग :स्वास्थ परीक्षण गर्ने चिकित्सकलाई अदालतमा हाजिर हुन आदेश

महरा बलात्कार अभियोग :स्वास्थ परीक्षण गर्ने चिकित्सकलाई अदालतमा हाजिर हुन आदेश

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन अदालतले आदेश दिएको छ।आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बयानका लागि झिकाउने आदेश दिएको हो ।यस्तै, आदेशमा प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका कर्मचारीलाई पनि झिकाउने भनिएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । बलात्कार प्रयासको घटनाको घटना विवरण कागज गर्नेहरुलाई पनि बयानका लागि झिकाउने आदेश अदालतले दिएको छ । संसद सचिवालयकी महिला कर्मचारीले महरामाथि आफूलाई बलात्कार प्रयास गरेको भनी जाहेरी दिएकी थिइन् । तर पछि उनले अदलालतसमक्ष नै महराले आफूमाथि बलात्कार प्रयास नगरेको भनी बयान दिएकी थिइन् । उक्त मुद्दमा अदालतको आदेशमा महरा हाल पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु