२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ महाअभियोग विरुद्ध एमालेले सशक्त प्रतिवाद गर्ने

महाअभियोग विरुद्ध एमालेले सशक्त प्रतिवाद गर्ने

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ। नेकपा एमालेले महाअभियोग लगाउने पाँच दलीय गठबन्धनको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच दलीय गठबन्धनले निर्वाचन सार्न र अदालतलाई अस्थिर बनाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको ठहर गरेको छ।

एमालेले सरकारले एमसीसी पास गर्ने रणनीतिमा सरकारले अदालतलाई पनि गिजोलेको ठहर गरेको हो। बैठकले सरकारविरुद्ध खबरदारी गर्न जनसंघर्ष पनि जारी राख्ने निर्णय गरेको छ।

बैठकपछि एमाले सांसद घनश्याम भुसालले एमसीसी र प्रधानन्यायाधीश राणालाई बोकेर निर्वाचनमा जान नसकिने बताए।

यसअघि बैठकमा अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताए। नेता ओलीले महाअभियोग प्रस्ताव गलत भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु