२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ महिला समाज पोर्चुगलको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवस मनाइने

महिला समाज पोर्चुगलको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवस मनाइने

नेपाली महिला समाज पोर्चुगल पोर्चुगलबासी नेपालीहरुको बिचमा लोकप्रिय सस्थाको रुपमा मुखारित हुँदै गएको छ।सामाजिक जनचेतना,अभिमुखिकरण,कल्याणकारी कार्यहरूलाई शिरोधार्य गरेको यस सस्थाले नेपाली महिला दिदिबहिनीको मात्र नभएर सम्पूर्ण नेपालिहरुको आस्थाको केन्द्र बन्न सफल भएको छ।यस्तै कार्यलाई निरन्तरता दिने क्रममा समाजको आयोजनामा आगामी मार्च ८ तारिखका दिन भब्यरुपमा अन्तरास्ट्रिय नारी दिवस मनाइने भएको छ।पोर्तुगलका नेपाली महिलाहरुको साझा संस्था महिला समाजको हिजो भएको बृहत भेला तथा परिचयत्मक कार्यक्रमबाट यस्तो निर्णय गरिएको समाजकी अध्यक्ष निर्मला ढकाल खरालले बताइन् । मार्च ८ संसारभरिका श्रमिक महिलाहरुकालागि एउटा प्रेरणादायी दिन हो । हिजोको बृहत भेला पोर्तुगलका नेपाली महिला दिदीबहिनीको समस्या समाधान गर्ने र परोपकारी कामका केन्द्रित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु