२०७७ माघ १ गते बिहीवार | January 14, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ महिला समाज पोर्चुगलको उदारहणिय कार्य,सुरु गर्यो नि:शुल्क ब्युटिसियन तालिम

महिला समाज पोर्चुगलको उदारहणिय कार्य,सुरु गर्यो नि:शुल्क ब्युटिसियन तालिम

“सिप सिकौँ आत्मनिर्भर बनौं” भन्ने भावनाका साथ सामाजिक काममा सक्रिय र अग्रणी रूपमा काम गर्दै आइरहेको पोर्चुगलका नेपाली महिलाहरुको साझा संस्था नेपाली महिला समाज पोर्चुगलले आदेखि सीपमूलक ब्युटिसियन तालिम संचालन सुरु गरेको छ।

स्थापनाकालदेखि नै रचनात्मक एवं सृजनात्मक कार्यमा सक्रिय नेपाली महिला समाज पोर्चुगलले कोरोनाका कारण बेरोजगार र समस्यामा परेका पोर्चुगलका नेपाली महिला दिदिबहिनीहरुका लागि नि:शुल्क ब्युटिसियन तालिमको व्यबस्थापन गरेको समाजकी अध्यक्ष निर्मला ढकालले बताइन्।

तालिम उद्घाटनको अवसरमा समाजकी अध्यक्ष निर्मला ढकाल, महासचिव सरिता शर्मा, सदस्य शोभा गिरी, प्रशिक्षक मिरा कार्की र प्रशिक्षार्थीहरु उपस्थित थिए।

१० जना प्रशिक्षार्थीका लागि तालिम एक महिनासम्म चल्नेछ। तालिमकी प्रशिक्षक मिरा केसी रहेकी छन्। तालिम Lisbon Hair & Beauty, Rua Baraao de sabrosa 311A, 1900-091 Arreiro मा संचालित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु