२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ महिला समाज पोर्चुगलको प्रथम साधारण सभा सम्पन्न

महिला समाज पोर्चुगलको प्रथम साधारण सभा सम्पन्न

शान्ति अधिकारी अर्याल

नेपाली महिला समाज पोर्चुगलले आफ्नो प्रथम बार्षिक साधारण सभा हिजो मे २४ तारिख आइतबार लिस्बनमा सम्पन्न गरेको छ । गत मार्च ८ तारिख अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा साधारण सभा मनाउन भब्य तयारी गरिरहेको संस्थाले कोरोना महामारीका कारण कार्यक्रम स्थगित गरेको थियो । कोरोनाको कहर र सरकारले जारी गरेको नियमलाई मध्यनजर गर्दै सामाजिक तथा व्यक्तिगत दुरी कायम गरी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष निर्मला ढकालले भावि कार्य योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।त्यस्तै महासचिव सरिता शर्मा ले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शुशिला थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले एकबर्षको अबधिमा प्यारालाइसिसको समस्यामा गुज्रिरहेकी नेपाल धादिङ निवासी एक महिलालाई उपचार खर्च स्वरुप नेपाली ५० हजार रूपैयाँ आर्थिक सहयोग गर्न सफल भएको छ । त्यस्तै पोर्चुगल मै हेल्थ डेस्क संचालन, आपसमा परिचयात्मक कार्यक्रम, नेपाली महिलाहरु बिच भेला तथा अन्तर्क्रिया, नेपाली भाषा कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तिज गीत तथा देउसी भैलो कार्यक्रम जस्ता कार्य गर्दै आएको छ भने परिस्थिति अनुसार आईपरेका समस्या हरू समाधान गर्नका निम्ति पनि सक्रिय भुमिका निर्वाह गर्दै आएको छ ।

यसैगरी विभिन्न समयमा पोर्तुगलको नेपाली समुदाय आयोजित विभिन्न कार्यक्रम र गतिविधिमा नेपाली महिला समाज पोर्चुगल सक्रिय र नेतृत्वदायी भूमिका खेल्दै आएको बारेमा प्रकाश पारिएको थियो ।

साधारण सभा कार्यक्रम महासचिव सरिता शर्माको संचालन र अध्यक्ष निर्मला ढकालको अध्यक्षतामा पोर्चुगिस भाषा कक्षाको स्कुल NIALP मार्तिमुनिजमा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु