गृहपृष्ठ महिला समाज पोर्चुगलद्वारा मृगौला पीडित बालकको उपचारार्थ रु.५१ हजार सहयोग
महिला समाज पोर्चुगलद्वारा मृगौला पीडित बालकको उपचारार्थ रु.५१ हजार सहयोग

लिस्बन, पोर्चुगल । नेपाली महिला समाज पोर्चुगलले मृगौला पिडित एक बालकलाई आर्थिक सहयोग गरेको छ । लामो समयदेखि उपचारार्थ सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँ पालिका वार्ड न ७ का सन्दिप अधिकारीलाई उपचार खर्च स्वरुप रु. ५१ हजार आर्थिक सहयोग गरिएको हो समाजकी अध्यक्ष निर्मला ढकाल खरालले बताइन् ।
नेपाली महिला समाज पोर्चुगलको सक्रियतामा सकंलन भएको सहयोग रकम उक्त रकम समाजकी उपाध्यक्ष माया खरालले शुक्रबार काठमाडौ स्थित पाटन अस्पतालमा पुगेर पिडितका बाबु केदार अधिकारीलाई हस्तान्तरण गरेकी छन् । पिडित परिवारले सहयोग रकम बुझ्दै छोराको उपचारको निम्ति सहयोग जुटाइदिएकोमा महिला समाज पोर्चुगलप्रति धन्यबाद दिदै सबैबाट थप सहयोगको अपेक्षा रहेको बताएका थिए ।
“भाईको उपचार मा ४० लाख भन्दा बढी खर्च गरियो, अब हामीसंग केही छैन बाहिर बाट सहयोग नभए भाईलाई बचाउन गाह्रो छ” गहभरि आँसु पार्दै पिडितकी दिदी स्मृति अधिकारी ले बताईन । मृगौला फेल भएर बिगत लामो समय देखि उपचारको क्रममा रहेको र छोराको उपचार मै सबै सम्पत्ति सकिएपछि बाहिर सहयोग माग्न परिरहेको उनका बुवाको दुखेसो थियो ।
पीडित बालकको उपचारार्थ पोर्चुगलमा सहयोग पुर्याउने सबै महानुभावहरुलाइ समाजकी महासचिव सरिता शर्माले धन्यवाद दिइन । यसैगरी सहयोग संकलन गर्न लागिपर्ने समाजको कार्यसमितिका सबैलाई कोषाध्यक्ष सुशीला थापाले धन्यवाद दिइन् ।