२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ महिला समाज पोर्चुगलबाट केही व्यक्ति निष्कासनमा परे (विज्ञप्ति सहित)

महिला समाज पोर्चुगलबाट केही व्यक्ति निष्कासनमा परे (विज्ञप्ति सहित)

लिस्बन । नेपाली महिला समाजको विधान विपरीत गतिविधि गर्ने केही व्यक्तिहरुलाइ संस्थाको आज बसेको बैठकले स्वत: निष्कासित गरेको समाजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । समाजकी अध्यक्ष निर्मला ढकाल खराल र महासचिव सरिता शर्माद्वारा जारी विज्ञप्तिमा संस्थाको विधान विपरीत काम र गतिविधि गरेकोमा सुनिता भट्टराई, सीता ढकाल अम्बिका ढकाल लगायतका महिलाहरु समाजबाट स्वत: निष्कासनमा परेका हुन् । उल्लेखित व्यक्तिहरुले आजै राजीनामा दिएको भनेर आफ्नो फेसबुक वालमा एक पत्र पनि पोस्ट गरेका छन् ।

हेर्नुहोस् महिला समाजले निकालेको विज्ञप्ति जस्ताको तस्तै:

नेपाली महिला समाज पोर्चुगलको

प्रेस बिज्ञप्ति

पोर्चुगलमा रहेका नेपाली महिला दिदीबहिनीहरुको हकहित, अधिकार, न्याय र सुखदुःखमा साथ र सहयोग पुर्याउन, विशुद्ध साझा सामाजिक संस्थाको रूपमा नेपाली महिला समाज पोर्चुगल गठन भएको सर्वविदितै छ । पोर्चुगल सरकारको नियम कानुन अनुरुप दर्ता भइ रचनात्मक सामाजिक सेवा गर्ने एउटा अग्रणी संस्थाको रूपमा भूमिका निर्वाह गरी पोर्चुगलको समाजमा यसले आफ्नो चिनारी स्थापित गरिसकेको छ ।

पोर्चुगल र नेपालका नेपाली महिला दिदीबहिनी, बालबालिका लगायत सबै वर्ग, क्षेत्र, लिङ्ग समुदायका खातिर सेवाभावका साथ सक्रिय यस समाजले आगामी दिनमा पनि आफ्नो दाहित्व र कर्तव्य निरन्तर रूपमा निर्वाह गरिरहने छ । यसैबीच आज दिउँसो महिला समाजको केही पदका व्यक्तिको नाममा सुनिता भट्टराई, सीता ढकाल, अम्बिका ढकाल लगायतका केही महिलाहरुले जारी गरेको बिज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

आज महिला समाजको बैठक आयोजना हुँदै गर्दा सामाजिक संजालमा निजहरुबाट आएको वक्तव्य भ्रामक र महिला समाज र नेतृत्वलाई आक्षेप लगाउँदै कमजोर बनाउन सकिन्छ कि भन्ने गलत मनसायले अभिप्रेरित छ । किनकी बारम्बार संस्थाको विधान विपरित काम र गतिविधि गरेपछि संस्थाले पटकपटक सचेत गराउँदा पनि नसच्चिने निश्चित भएपछि महिला समाजले निष्कासन गर्ने तयारी गरेको सन्दर्भमा राजिनामाको हौवा फैलाइनु बेतुकको कुरा हो । वक्तव्यमा नाम उल्लेख भएका सुनिता भट्टराई, सीता ढकाल र अम्बिका ढकाल लगायत महिला समाजको विधान बमोजिम यस संस्थाबाट स्वत: निष्कासित भएको महिला समाजको आजको बैठकले ठहर गरेको जानकारी गराउँदछौं ।

समाजलाई धमिलो बनाउने र नकारात्मक काम र कुराहरुमा रमाउन चाहने यस्तो क्रियाकलाप समाजकालागि एउटा नकारात्मक शिक्षा हो । त्यसैले केही सिमित ब्यक्तिहरुको समाज भाड्ने क्रियाकलापबाट पोर्चुगलबासी सम्पुर्ण नेपाली दिदिबहिनी दाजुभाइहरु तथा सबै संघ-संस्थाका प्रतिनिधिहरु कुनै भ्रममा नपर्नु हुन र आगामी दिनमा पनि नेपाली महिला समाज पोर्चुगल तपाइँहरुको बीचमा क्रियाशील भइरहने प्रतिबद्धता व्यक्त गर्दछौ ।

धन्यवाद ।

निर्मला ढकाल खराल

अध्यक्ष

सरिता शर्मा

महासचिव

१६ जुलाइ २०२०

नेपाली महिला समाज पोर्चुगल ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु